New templates on your Email

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको दोस्रो विकेट लिएको छ ।

युएईका घुलाम शब्बेर ८ रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले विकेट लिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भएका थिए ।

पाँचौ ओभरको खेल चलिरहँदा यूएईको दुई विकेटको क्षतिमा १९ रन भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए ।

आईसीसी क्रिकेट एकेडेमीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी–ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।



Binod Dhakal

Post a Comment

0 Comments