New templates on your Email

दुई राप्रपा एकीकरणप्रति दीपक बोहरा र केशरबहादुर विष्ट असन्तुष्ट

१७ माघ, काठमाडौं । राष्ट्रिय प्रताजन्त पार्टी प्रजातान्त्रिकका दुई वरिष्ठ उपाध्यक्षसहित केही नेताले एकीकृत राप्रपा राष्ट्रवादीसँगको एकता अस्वीकार गरेका छन् ।

वरिष्ठ उपाध्यक्षहरु दीपक बोहरा, केशरबहादुर विष्ट, उपाध्यक्ष विष्णु भट्टराई, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, सहमहामन्त्री विन्दू पहाडी, प्रवक्ता प्रदीप उदयलगायतका नेताले एकीकरण अस्वीकार गरेका हुन् ।

माघ १८ गते राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकता हुँदा उनीहरु सहभागी हुने छैनन् । वरिष्ठ उपाध्यक्ष दीपक बोहराले दुईवटा राप्रपामात्र एकीकरण नहुँदा कुनै सकारात्मक सन्देश नजाने भएकाले आफूहरु सहभागी नभएको बताए ।

‘दुईवटा पार्टीमात्र एकीकरण भएर कुनै सकारात्मक सन्देश जाँदैन, तीनवटै राप्रपा मिल्न सके वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियानमा बल पुग्थ्यो’ उनले भने । आफूहरु केही समय कुरेर भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत एकीकरण हुनुपर्ने पक्षमा रहेको बोहराले बताए ।

‘अलिक दिन अडेर तीनवटै मिलाउन पाएको भए सकारात्मक म्यासेज जान्थ्यो, दुईवटा मिलेर केही सन्देश नै गएन । मेरो भनाईं तीनवटा पार्टी एकै ठाउँमा हुनुपर्छ’ उनले भने । आफू तीनवटै राप्रपा एकीकरण नभएसम्म कतै सहभागी नहुने बोहराले बताए ।



Binod Dhakal

Post a Comment

0 Comments