New templates on your Email

नेपाललाई पाँचौ सफलता, अभिनाशले लिए विकेट

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको पाँचौ विकेट लिएको छ ।

यूएईका शैमन अन्वारले ५९ रन बनाएर आउट भए । अभिनाश बोहोराले उनलाई बोल्ड आउट गराए ।

युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सोमपाल कामी र र बसन्त रेग्मीले एक-एक विकेट लिएका छन् ।

१७ ओभरको समाप्तिमा यूएईको पाँच विकेटको क्षतिमा १३५ रन भएको छ ।



onlinekhabar2

Post a Comment

0 Comments