New templates on your Email

पत्रकार महासंघ युएईका अध्यक्ष प्रकाउ

१७ माघ, युएई । व्यवसायिक लेनदेनमा विवाद भएपछि नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल प्रकाउ परेका छन् ।

युएईमा व्यवसाय गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि प्रकाउ परेका हुन् । सचिव मेघराज सापकोटाले बस्याल पक्राउ परेकोबारेमा बुधबार जानकारी आएको बताए ।

सापकोटाका अनुसार एक चिनियाँ ग्राहकसँग पैसाको लेनदेन रहेको र पैसा नपाएपछि बस्यालसँग विवाद भएको थियो । विवादका क्रममा चिनियाँ नागरिकको कान्छी औँलामा चोट  लागेपछि उनले प्रहरीमा उजुरी गरेका थिए । बस्याललाई उक्त उजुरीबारेमा जानकारी लिन प्रहरीले नियन्त्रणमा लिएको हो ।

बस्यालले पछिल्लो समय पत्रकार महासंघ युएई शाखाको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष लक्ष्मण खनाललाई दिएका छन् ।  व्यवसायिक कामले बाहिर जानुपर्ने कारण उल्लेख गरेर आफूलाई कार्यबाहकको जिम्मेवारी दिएको खनालले अनलाइनखबरलाई बताए । अध्यक्षको विषयमा बाहिर आएका घट्नाका बारेमा महासंघले शुक्रबार कार्यसमितिमा छलफल गर्ने जनाएको छ ।



Binod Dhakal

Post a Comment

0 Comments