New templates on your Email

ब्याजदर बढाएको विरोधमा विराटनगरका उद्योगी आन्दोलनमा

१७ माघ, विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले बैंकहरुले वृद्धि गरेको ब्याजदरका विरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

विकास बैंकहरुले वृद्धि गरेको व्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउदै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाईमा व्यवसायीले व्याजदर नघटे तालाचाबी सरकारलाई बुझाएर राष्ट्रबैंक क्षेत्रिय कार्यालयमा तालाबन्दी गरी धर्ना दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

बैंकहरुले अचाक्ली ब्याज बढाएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

दुबै संगठनले ब्याजदर घटाउने आन्दोलनका बिषयमा बिहीबार छलफलको आयोजना गरेका थिए । छलफलका क्रममा व्यवसायीहरुले माग सम्बोधन नगरे बिहीबार सरकारलाई तालाचाबी बुझाएर राष्ट्रबैंकमा तालाबन्दी गरेर धर्ना दिने बताए ।

‘राष्ट्रबैंको संरक्षणमा बैंकहरुले ब्याजदर बढाएका छन्’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने ‘ बैंकहरुको ब्याजदर नघटे चाबी सरकारलाई बुझाएर उद्योग बन्द गर्छौं ।’ व्यवसायका लागि ६ प्रतिशतमा लिएको ऋण बैंकले बढाएर १७ प्रतिशत पुर्‍याएको गुनासो गरे ।

उत्पादनमूलक उद्योगहरुलाई अधिकतम ७ प्रतिशत र व्यावसायिक क्षेत्रलाई अधिकतम ९ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने व्यवसायीको माग छ ।

राष्ट्रबैंकको अघोषित सिण्डिकेटका कारण उद्योगी व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । बैंकको ब्याजका कारण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताए । ‘बैंकहरुको सिण्डीकेटलाई राष्ट्रबैंकको अघोषित समर्थन गरेको छ’ उनले भने ‘राष्ट्र बैंकका कारण रोजगार सिर्जना गर्ने उद्योगहरु बन्द हुने अवस्थामा छन् ।’

बैंकका कारण राज्यले लिएको निति अनुसार रोजगारी सृजना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य संसदसमेत रहेका उद्योग मोती दुगडले बैंकका कारण उद्योगी व्यवसायीले समस्या भोग्नु परेको बताए ।

‘बैंकले ब्याजमा मात्र होइन अरु शिर्षकमा लिने शुल्कको पनि विरोध गर्नुपर्छ ।’ उनले भने ‘ उद्योगी व्यवसायीको माग सरकारले सम्बोधन गर्नुपर्छ ।’



Binod Dhakal

Post a Comment

0 Comments