New templates on your Email

विराटनगरबाट अन्तरप्रदेश उडानको तयारी

१६ पुस, विराटनगर । विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडानको तयारी गर्न थालिने भएको छ । प्रदेश १ सरकारको पहलमा गण्डकी प्रदेशको पोखराका लागि अन्तरप्रदेश उडानको तयारी गर्न लागिएको हो ।

मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्दै निकट भबिश्यमा नै विराटनगरबाट अन्तरप्रदेश उडानका लागि तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वाषिर्कोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘अब चाडै प्रदेश नं. एकबाट गण्डकी प्रदेश राजधानीको पोखराको उडान भर्ने प्रकृया विराटनगरबाट शुरु हुनेछ,त्यसका लागि प्रदेश सरकारले आवश्य प्रकृया संघीय सरकारसंग अघि बढाउनेछ ।’

उनले आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी त्य बिषयमा निर्णय गरिने समेत जानकारी दिए ।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताए ।

कार्यक्रममा आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्नु प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य चुमनारायण तवदार,मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्ऽ राउतले प्रदेशलाई उत्कृष्ट बनाउन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिँदै यस कार्यमा सरकारलाई साथ दिने धारणा व्यक्त गरेका थिए ।

विराटनगर विमानस्थलबाट अहिले काठमाडौंका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् ।

सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका कार्यक्रममा जानकारी गराइएको थियो ।

विराटनगर विमानस्थल काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ ।



onlinekhabar2

Post a Comment

0 Comments