New templates on your Email

नेपाली एयरलाइन्सलाई युरोपमा प्रतिवन्ध कायमै, वायुसेवा निगमलाई धक्का

१४ मंसिर, काठमाडौं । नेपाली उड्डयन अधिकारीहरुको दावी विपरीत युरोपेली युनियन ईयूले यो वर्ष पनि नेपालका विमान कम्पनीहरुलाई आफ्नो सूचीमा कायमै राखेको छ । यसले भर्खरै मात्रै दुई वटा वाइडबडी भित्र्याएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको युरोप उडानको योजना तत्काललाई टरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले पटक-पटक यो वर्ष जसरी पनि नेपाल ईयूको कालोसूचीबाट हट्ने दावी गरेका थिए । यसका लागि हवाई सुरक्षाका मापदण्ड बनाउन र कार्यान्वनयन गर्न करोडौं रकम खर्चिएको थियो ।

तर, शुक्रबार ईयूले निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसका कारण नेपाली एयरलाइन्सहरुले युरोपेली युनियनमा अवद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् ।



Rabindra Ghimire

Post a Comment

0 Comments