New templates on your Email

लुटपाट गर्ने ४ जना पक्राउ

१४ मंसिर, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले बिभिन्न घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्न ४ जना र भन्सार चोरी निकासी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको होे ।

धनुषा नगराइन नगरपालिका र डेबडियाको बीच नवटोलीको फूलबारीमा फुल्गामाबाट मेला हेरी फर्किने क्रममा मोटरसाइकल रोकेर लुटपाट गर्ने धनुषा नगराइन नगरपालिका ६ बस्ने २१ वर्षका अमितकुमार मण्डल, २२ वर्षको अशोककुमार मण्डल, २४ वर्षका ललित दास र राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाले जनकपुर उपमहानगरपालिका १६ का रुपेशकुमार मण्डल र पुन्नु कुमार ठाकुरलाई लुटपाट गरी मोबाइल २ थान र नगद १७ हजार लिएर फरार रहेकालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै धनुषा विदेह नगरपालिकास्थित नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेको गाइ बाच्छीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका १ वस्ने वर्ष २० को सलामत धुनिया, वर्ष १४ को कल मोदिन धुनिया, सिरहा गोलबजार नगरपालिका बस्ने वर्ष १६ को कुमार महरा र वर्ष १६ को राजेश महरा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २६ वटा गाई र ७ वटा बाच्छा गरी जम्मा ३३ वटा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको गाइबाच्छीलाई भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।



Binod Dhakal

Post a Comment

0 Comments