New templates on your Email

एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ‘क्यास ब्याक’ पाइने

१४ मंसिर, काठमाडाैं । एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिन अफर ल्याएको छ ।

बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो । यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुने छ ।

बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन् । यो स्किमबाट बैंकका सबै कार्डहोल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।

बैंकका २६८ शाखा, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकको वासलातको आकार २११ अर्ब भन्दा माथि पुगिसकेको छ ।



Bishal Sapkota

Post a Comment

0 Comments