New templates on your Email

न्युजिल्याण्डमा ५१ ह्वेलमाछा मरे

१४ मंसिर, काठमाडौं । न्युजिल्याण्डमा समुद्रतटमा फसेर ५१ वटा ह्वेल माछा मरेका छन् । फरक फरक घटनामा एक हप्ताको अवधिमा च्याथम प्रान्तमा २०० भन्दा बढी ह्वेलमाछा फसेको अधिकारीहरुले जनाएका छन् ।

न्युजिल्याण्डको संरक्षण विभागका अनुसार हानसन खाडीमा बिहीबार ८० देखि ९० वटासम्म ह्वेल फसेकाछन् । दर्जनौं ह्वेलहरु भने फेरि समुद्रमा हामफालेर बाँच्न सफल भएका छन् ।

तर ५१ वटा ह्वेल भने मृत भेटिएका छन् । मृत भेटिएका ह्वेलमाछालाई समुद्रतटमा पुरिनेछ । ती ह्वेलको छाला भने परीक्षणका लागि नमुना लिइएको छ ।



Binod Dhakal

Post a Comment

0 Comments