New templates on your Email

‘दि ब्रेकअप’को ‘हरपल’ गीत रिलिज

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘द ब्रेकअप’मा समावेश दोश्रो गीत रिलिज गरिएको छ । चलचित्रको दोश्रो गीत ‘हरपल’को छायांकन अष्ट्रेलियामा गरिएको छ । विराज गौतमको स्वर र संगीत रहेको यो गीतमा प्रकाश मल्लको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । हेमराज वीसीको कथा, पटकथा तथा निर्देेशन रहेको यो चलचित्रमा रुपक थापा, दिपक खतिवडा, रेनु राना, हेमराज वीसीको लगानी छ । नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो गीतको मेकिङ आकर्षक छ ।

चलचित्र ‘दि ब्रेकअप’मा रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनालको पनि मुख्य भूमिका छ । लभ स्टोरी कथामा बनेको चलचित्रले दर्शकलाई नयाँ प्रेमको दुनियाँमा लैजाने दाबी यसका निर्देशकको छ ।



Bijay Awaj

Post a Comment

0 Comments