New templates on your Email

चार लाख नगदसहित चारजना जुवाडे पक्राउ

१४ कात्तिक, बुटवल । प्रहरीले बुटवलको एक होटलबाट करिब चार लाख रुपैयाँ नगदसहित तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ ।

बुटवल ट्राफिकचोकस्थित झिमा होटलमा मंगलबार राति तास खेल्दै गरेको अवस्थामा तीन लाख ९४ हजार नगदसहित चारजना पक्राउ परेका हुन् ।

यसबारे प्रहरीले बुधबार दिउँसोमात्रै सञ्चारमाध्यमलाई जानकारी गराएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तास खेल्दै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा होटल सञ्चालक लोकनाथ न्यौपाने, स्थानीय टीका क्षेत्री, तिलोत्तमा नगरपालिका ७ का राजाराम यादव र पाल्पा बगनासकाली गाउँपालिका ३ का रामप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट नगदसहित ३६४ पत्ती ताससमेत बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनीहरुमाथि अनुसन्धान भइरहेको मल्लले बताए । यसअघि प्रहरीले बुधबार बिहान ८२ हजार नगदसहित तास खेल्दै गरेका चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।



Binod Dhakal

Post a Comment

0 Comments