New templates on your Email

विद्यार्थीलाई प्रहरी कार्यालयमा एक दिन भ्रमण गराइने

१४ कात्तिक, काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत प्रहरीले विद्यार्थीलाई एक दिन आफ्नो कार्यालयको भ्रमण गराउने भएको छ ।

प्रहरी र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने अभियान अन्तरगत विद्यार्थी लक्षित गरेर ‘प्रहरीसँग एक दिन’ अभियान थाल्न गर्न लागिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार यो अभियानमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी हुनेछन् ।

‘आजका विद्यार्थी नै भोलिका नागरिक हुन् । त्यसैले अहिल्यैदेखि उनीहरुलाई प्रहरीसँग निकट बनाउने उद्देश्यले यो अभियान थालिएको हो’, उनले भने, ‘अभियान अन्तरत एक दिन विद्यार्थीलाई नजिकैको कार्यालयमा लगेर प्रहरीले गर्ने सेवा प्रवाह, काम र कारबाहीको बारेमा जानकारी दिनेछौं ।’

यो पनि पढ्नुहोस प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

अभियानको औचित्यमाथि थप प्रष्ट्याउँदै उनी भन्छन्, ‘हाम्रो समाजमा बालबालिकालाई सानैदेखि प्रहरी भनेको डरलाग्दो पात्र हो भनेर चित्रण गरिएको छ । जसले गर्दा प्रहरी र उनीहरुबीच दरार छ । त्यो दूरीलाई पुर्न यो अभियान थालिएको हो ।’

यो अभियानले सूचना संकलनमा पनि प्रहरीलाई सघाउ पुग्ने विश्वास लिइएको उनले बताए । ‘विद्यालयको प्राथना समयमा सम्बोधन, प्रहरीसँग सम्बन्धित जिङ्गल, भिडियो क्लीप लगायत पनि देखाइनेछ’, उनले थपे ।

उनका अनुसार कक्षा ११ र १२ का विद्यार्थीको लागि भने अनुसन्धानको विषयमा जानकारी दिइनेछ । उनीहरुलाई प्रहरीको फरेन्सिक ल्याबदेखि लिएर अन्य विभिन्न महत्वपूर्ण स्थानहरुको पनि अवलोकन गराइनेछ ।



Gaurav Pokharel

Post a Comment

0 Comments