New templates on your Email

थानकोटबाट पाँच किलो चरेससहित चारजना पक्राउ

१४ कात्तिक, काठमाडौं । काठमाडौंको थानकोट गुर्जुधाराबाट पाँच केजी चसेससहित चार जना पक्राउ परेका छन् ।

झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले नियन्त्रणमा लिएको हो । धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिइएका चारै जनालाई बलम्बुमै राखिएको छ । आजै प्रहरीलाई बुझाईने सशस्त्र प्रहरी १८ नम्बर गणले जनाएको छ ।



onlinekhabar2

Post a Comment

0 Comments