New templates on your Email

सांग्रिला डेभलपमेन्ट बैंक १५औं वर्षमा प्रवेश

१४ कात्तिक, काठमाडाैं । काठमाडाैंकाे बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष सफलतापूर्वक पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने नारालार्इ मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेकाे जनाएकाे छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी,  सर्वसाधारण कार्यक्रममा  सहभागी भइ रक्तदान गरेका जनाइएकाे छ ।

केन्द्रीय कार्यालय बालुुवाटार काठमाडाैंमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरिएकाे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



Bishal Sapkota

Post a Comment

0 Comments