New templates on your Email

आर्मीमाथि न्यू डायमण्डको रोमाञ्चक जित

१४ असोज, काठमाडौं । न्यू डायमण्डले आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा न्यू डायमण्डले विभागीय टिम आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो । पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । आर्मी यसअघि पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो

पहिलो सेटमा २५-१५ ले विजयी भएको न्यू डायमण्डले दोस्रो र तेस्रो सेटमा भने आर्मीलाई २५-२२ र २५-१८ ले नतिजा सुम्पेको थियो । तर चौथो र पाँचौ सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै उसले २५-२२ र १५-११ को सेटमा आर्मीमाथि रोमाञ्चक जित हात पार्दै खेल जितेको हो ।

न्यू डायमण्ड, चितवन टाइगर्स र आर्मी समूह ‘ए’ रहेका छन् । त्यस्तै समूह बी मा एपीएफ, पुलिस र पोखरा पिंकेज रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटरसहित नगद ५० हजार प्राप्त गर्ने छन् ।



from खेलकुद – Online Khabar

Post a Comment

0 Comments