New templates on your Email

मेयर कपको उपाधी आयोजक एसपीए कलेजलाई

१४ असोज, कैलाली । कैलाली बहुमुखी क्याम्पसलाई ३ – ० को सोझो सेटमा पराजित गर्दै मेयर एसपीए कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एसपीए कलेजले हात पारेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा एसपीए कलेजले कैलाली बहुमुखी क्याम्पसलाई २५-१९, २५-८ र २५-१६ को सोझो सेटमा सजिलै पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै एसपीएले २५ हजार, दोस्रो भएको कैलाली बहुमुखी क्याम्पसले १५ हजारसहित ट्रफी र तेस्रो भएको शारदा माविले १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।

यसअघि एसपीएले बेहडा बाबा र कैलाली बहुमुखी क्याम्पसले शारदा माविलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

फाइनल खेलको उत्कृष्ट खेलाडी एसपीएकी सुशीला देउवा भइन् भने एसपीएकै सरस्वती जोशी उत्कृष्ट खेलाडी घोषित भइन् ।

प्रतियोगितामा उपमहानगरपालिका भित्रका ६ वटा विद्यालयको सहभागिता रहेको थियो । विजयी विद्यालय र उत्कृष्ट छात्राहरुलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले पुरस्कार तथा प्रमाणपत्र वितणर गरेकी थिइन् ।



from खेलकुद – Online Khabar

Post a Comment

0 Comments