New templates on your Email

तेस्रो एकदिवसीयसँगै अफगानिस्तानले जित्यो सिरिज

१५ भदौ, काठमाडौं । अफगानिस्ताले तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई ८ विकेटले हराएको छ । यससँगै तीन म्याचको सिरिज अफगानले २-१ ले जितेको छ ।

आयरल्याण्डलाई मात्र १२४ रनमा अलआउट गरेको अफगानिस्तानले मात्र २३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि इशान उल्लाहले अविजित ५७ रन बनाए भने हास्मातुल्लाह शाहीदी ३४ रनमा नटआउट रहे । रहमत शाहले ३३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । अफगान बलरहरु सामू निरिह देखिएको आइरिस टोलीका लागि ग्यारी विल्सनले बनाएको २३ रन नै व्यक्तिगत ठूलो स्कोर बन्न पुग्यो ।

अफगानिस्तानका रसिद शानले ३ विकेट लिँदा अफताब आलम, गुलाबुद्दिन नाबी र मोहम्मद नाबीले समान २-२ विकेट लिए ।



rajkumar

Post a Comment

0 Comments