New templates on your Email

जीपको ठक्करबाट घाइते भएका नन्दुको मृत्यु

१५ भदौ, डोटी । यही भदौ ८ गते दिपायल सिलगढी नगरपालिका-४ मा जीपले मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका नन्दन महरा (नन्दु) को उपचारका क्रममा मृत्यु भएको छ ।

२७ वर्षीय नन्दुको उपचारका क्रममा शुक्रबार भारतको बरेलीमा मृत्यु भएको हो ।

दिपायल राजपुरबाट आउँदै गरेको से३प २१५७ नं. को मोटरसाइकललाई दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको उग्रतारा यातायतको से१ज ५२१ नं. को जीपले ठक्कर दिँदा नन्दु गम्भीर घाइते भएका थिए । उनी मोटरसाइकलमा सवार थिए ।

गम्भीर घाइते भएका नन्दुलाई शैलेश्वरी अस्पतालमा उपचार हुननसकेपछि बरेलीको खुशलोग अस्पतालमा पुर्‍याइएको थियो । अचेतन अवस्थामै बरेली पुर्‍याइएका नन्दुको होसै नआइ मृत्यु भएको बताइएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

नन्दुसँगै गम्भीर घाइते भएका मोटरसाइकल चालक पत्रकार बिमल बिष्टको स्वास्थ्य अवस्थामा भने सुधार भएको छ ।

चारदिनपछि आइसियुबाट बाहिर निकालिएका पत्रकार बिष्टको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनीसँगै बरेलीमा रहेका पत्रकार मोहन शाहीले जानकारी दिए ।



onlinekhabar2

Post a Comment

0 Comments