New templates on your Email

सामसुङ नोट–९ को प्रि–वुकिङमा राम्रो प्रतिक्रिया

१५ भदौ, काठमाडौं । सामसुङले नोट–९ को प्रि–वुकिङमा ग्राहकहरुबाट राम्रो  प्रतिक्रिया पाएको छ । प्रि–वुकिङ अगष्ट १७ देखि ३० सम्म चलेको थियो । नेपाली मोवाइल वजारमा प्रि–वुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि– वुकिङ झण्डै तीन गुणाले वढेको सामसुङले जनाएको छ । ‘यसका पछाडीका कारण चाहि स्पष्ट नै छ – यसमा अद्धियित विशेषता रहेको छ अनि एस पन सहितको व्लुटुथ रहेको छ जसले हाम्राग्राहकलाई प्रि– वुकिङको लागिउत्प्रेरित गर्याे’, कम्पनीले भनेको छ ।

यो मोवाइल बिक्रिको सुरुआत अगष्ट २२ मा नयाँ दिल्लीस्थित हायात रिजेन्सीमा आयोजित एक विशेष कार्यक्रमका बीच दक्षिण एसियाली मुलुकहरुलाई लक्षित गरेर गरिएको थियो । नेपालमा सामसुङले टुटफुटको विमासहित एनसेलको एकवर्षे १८००० एमवी डाटा सहितको प्रि–वुकिङ खुला गरेको थियो ।

त्यसैगरी एउटा छालाको वालेट, एचडिएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडिएमआई एडप्टर र सामसुङ कर्भ मोनिटरको अफर गरेको थियो । यो सँगै अन्य विभिन्न आकर्षकहरु अफर समेत कम्पनीले सार्वजनिक गरेको थियो ।



Bishal Sapkota

Post a Comment

0 Comments