New templates on your Email

खोलाले बगाउँदा युवक बेपत्ता, एक जनाको उद्धार

१५ भदौ, कैलाली । कैलालीको गोदावरी नगरपालिका ११ ओलानीमा मछेली खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ ।

खोलामा पानी बढेपछि दाउरा संकलनका लागि गएका २५ वर्षका सुरेश सुनार बेपत्ता भएका छन् । संगै गएका १७ वर्षका शिव विकको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरेको छ । खोलाले बगाएर करिब ३ सय मिटर तल पुगाएको अवास्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।

शुक्रबार विहान ११ बजेतिर खोलामा बाढी आएपछि बगाएर ल्याएको दाउरा संकलनका लागि गएका उनीहरुलाई खोलाले बगाएको थियो ।

उद्दार गरिएका विकको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रवक्ता डिएसपी ओलीले जानकारी दिए ।
बेपत्ता सुनारको स्थानीय र प्रहरीको सहयोगमा खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

उता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रहेकेा खुटिया नदीमा एक्कासी बाढी आउँदा खोलाको बीचमा फसेका गोदावरी नगरपालिका ९ धनचौरीका तीन जना महिलालाई सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालयको टोलीले उद्दार गरेको छ । घाँस दाउरा गर्न खोलापारी गएका उनीहरु फर्कने क्रममा खोला एक्कासी पानी बढेपछि खोलाको बीचमा रहेको टापुमा फसेका थिए ।

उनीहरुलाई सकुशल उद्दार गरिएको उद्दारमा खटिएका सशस्त्र प्रहरी वल, नेपाल ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । उनले स्थनीयले जानकारी दिने वित्तिकै उनीहरुको उद्दार गरिएको बताए ।



Binod Dhakal

Post a Comment

0 Comments