New templates on your Email

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

९ फागुन, काठमाडौं । पहिलोपटक खेलिरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानभएमा मंगलबार भएको पहसलो खेलमा नेपालले सिरियालाई ४-१ ले पराजित गर्‍यो ।
खेलको नवौं मिनेटमै अमिशा कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । सिरियन खेलाडीले क्लियर गर्न नसकेपछि प्राप्त बलमा अनमार्की रहेकी अमिशाले पेनाल्टी बक्स भित्रबाट सिधा प्रहार गर्दै गोल गरिन् ।
१३औं मिनेटमा अनिता बस्नेतले कर्नरबाट सीधै गोल गर्दै अग्रता दोब्बर पारिन् । उनले प्रहार गरेको कर्नर बल कर्ल हुँदै सीधै गोलमा पारित भएको थियो । सिरियन गोलकिपर अघि बढेकोले बल रोक्ने कुनै अवसर पाइन् ।
१९औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता ३-० बनाइन् । उनले अमिशाको पासमा गोल गरिन् ।
पहिलो हाफमा सिरियाले एक गोल फर्कायो । ४३औं मिनेटमा कप्तान ले हानेको फ्रिकिकमा गोल गरिन् । पहिलो हाफमा नेपालले दुई गोलको अग्रता कायम राख्यदो । दोस्रो हाफमा नेपालले एक  गोल थप्यो ।
६९औं मिनेटमा रखा पौडेलले गोल गरिन् । सावित्रा भण्डारीको पासमा रेखाले गोल गरेकी हुन् ।
भर्खरै फ्रेन्च लिगमा इए गुइग्याम्पमा अनुबन्ध हुँदै कीर्तिमान बनाएकी सावित्राले खेलमा गोल गर्ने केही राम्रा अवसरहरु गुमाइन् । फ्रान्सेली लिगमा ३ खेल खेलेर उनी उतैबाट साउदी पुगेर नेपाली टिममा सामेल भएकी थिइन् ।
नेपालका लागि यसै खेलबाट दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । गोलकिपर उषा नाथ र सरस्वती हमालले इन्जुरी टाइममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
लामो समयदेखि राष्ट्रिय टिममा रहेपनि खेल्न नपाएकी गोकिपर उषाले आझको खेलमा अन्तिम समयमा कप्तान एन्जिला तुम्बापो सुब्बको सथ्नमा खेलेकी हुन् ।
पहिलो खेलमा सहज जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ । आजै राती समूह बी मा रहेका इराक र प्यालेस्टाइनबीच पनि खेल हुनेछ ।
पहिलो खेलमा जित निकालेपनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रदर्शनबाट अझ सन्तुष्ट नरहेको बताए ।
‘राम्रो गेम भयो । तर म सन्तुष्ट हैन । उनीहरु शारीरिक रुपमा बलियो थियो । कठिन म्याच भयो । जित त जित नै हो । अर्को खेलका लागि सहज हुन्छ ।’ खेलपछि ब्रोडकास्टरसँगको कुराकानीमा तामाङले भने । यस्तै उनले नेपालको खेल हेर्न मैदानमा उपस्थित समर्थक र फ्यानका लागि उनले आभार व्यक्त गरे ।
नेपालले पहिलो पटक वेस्ट एसिया फेडेरेसनको आयोजनामा भएको वाफ वुमनेस च्याम्पियन खेलेको हो । समूह बी मा रहेको नेपालले बिहीबार इराक र शनिवार प्यालेस्टाइनसँग खेल्नेछ ।


Khemraj wali

Post a Comment

0 Comments