New templates on your Email

सफ चयमपयनसप : अपकष अनसरक नतज

१० असार, बेंग्लोर । यस पटक नेपाली टिमले साफ च्याम्पियनसिपमा ठूलो अपेक्षा राखेको थिएन । टिममा नयाँ प्रशिक्षक थिए भिनसेन्जो अल्बर्टो एनेस । अनी खेलाडीहरु भने अधिकांशले नेपालका लागि धेरै खेल खेलेका थिएनन् ।

नेपालले तयारी पनि लामो समय गर्न पाएन । अझ ए डिभिजन लिग ढिला सकिंदा नेपालले एकजुट भएर त एक हप्ता पनि तयारी गर्न पाएन ।

अझ साफ च्याम्पियनसिपमा यस पटकबाट आमन्त्रित टिम बोलाउन थालियो । त्यसमा लेबनान र कुवेत थपिएका थिए ।

साफको ड्र सार्वजनिक हुँदा नै नेपाल ‘ग्रुप अफ डेथ’मा थिए । समूह ए मा नेपाल, ८ पटकको च्याम्पियन कुवेत र पाकिस्तान थियो । विपक्षी निश्चित भएपछि नै नेपालको नतिजा कस्तो होला भन्ने धेरथोर अनुमान गर्न सकिने अवस्था थियो ।

किनभने नेपालले एक दशकयता भारतलाई हराउन सकेको छैन । कुवेतविरुद्धत झन् नेपालले एक खेल पनि जितेको थिएन ।

यी दुई टिमविरुद्ध १४औं संस्करणको साफमा नेपालले जित निकाल्ने अपेक्षा थोरै मात्र थियो ।

तर बेंग्लोरमा सुरुवाती दुई खेलमै यही दुई टोलीविरुद्ध खेलेको नेपाल लगातार दुई खेल हार्दै समूहको अन्तिम खेल खेल्नु अघि नै बाहिरियो ।

पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २-० ले पराजित भयो । पाकिस्तानसँग मंगलबार हुने खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ ।

पहिलो खेलमा दोस्रो हाफमा राम्रो खेलेर अन्जन विष्टले गोल फर्काउनु नेपालको लागि सकरात्मक थियो । दोस्रो खेलमा नेपालले पहिलो हाफमा राम्रो खेल्यो भारतलाई दबाबमा राख्दै अवसर समेत सिर्जना गरेको थियो । तर फिनसिङ चुस्त हुन नसन्कदा नेपालले गोल गर्न सकेन ।

दोस्रो हाफमा नेपालको खेल ठिक फरक भयो भने भारतले सुधार गर्द दुई गोल गरेर नेपाललाई हरायो । यस खेलमा डिफेण्डर सिमान्ता थापाले नेपालका लागि डेब्यु गर्नु मात्र सम्झनलायक रहनेछ ।

पहिलो हाफमा नेपालले लगातार दबाब बनाउँदा अन्जन विष्ट अन्तिमतिर घाइते भए । उनको स्थानमा आभाष लामिछाने मैदान प्रवेश गरेका थिए । तर अन्जन नहुँदा नेपालको टिमको सन्तुलन कमजोर बन्यो ।

‘पहिलो हाफमा प्रदर्शन राम्रो थियो । तर अन्जनलाई परिवर्तन गरेपछि नेपालको सन्तुलन बिग्रियो,’ प्रशिक्षक एनेसले खेलपछि भने, ‘दोस्रो हाफमा नयाँ खेलाडीहरु मैदान प्रवेश गरे तर अनुभव कम भयो ।’

दोस्रो हाफमा सिमान्त थापाले मैदान प्रवेश गर्दै डेब्यु गर्दा दिपक राज सिंह ठकुरी, र नवीन लामा मैदान प्रवेश गरेका थिए । तर लामाको प्रदर्शन अपेक्षा अनुसार नभएको उनले बताए ।

प्रशिक्षक भिनसेन्जोले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउँदै पाकिस्तानविरुद्धको खेल जितेर घर फर्कने बताए । ‘हामीले जस्तो प्रदर्शन गर्‍यौँ त्यसबाट खुशी छु । पाकिस्तानसँगको खेल जितेर घर फर्कनेछौँ,’ उनले भने ।

प्रशिक्षक एनेसले आफूले साफका लागि जति समय पायो त्यसमा सक्दो प्रदर्शन गरेको र प्रदर्शनको आफूले नै जिम्मेवारी लिने पनि बताए । ‘मसँग ११ जुनदेखि मात्र टिम थियो । त्यसबेला पनि रोहित चन्द थिएन । फिलिपिन्स गयौँ यता आयौँ । मैले टिमसँग पूरा चार दिन मात्र तयारी गर्न पाएँ । हामीसँग पर्याप्त समय भएन । मैले पाएको जति समयमा सक्दो गरेँ,’ उनले थपे,’हामीलाई धेरै समय चाहिन्छ कोचिङका लागि । भारतले लगातार खेलिरहेको छ  तर हामीसँग त्यस्तो भएन । मैले पाएको जति समयमा सक्दो कोसिस गरेँ ।’

प्रशिक्षक एनेसले नेपाली टिममा भएका खेलाडीहरुको लागि यो साफ अनुभवको अवसर भएको बताए । साथै उनले आयुष घलान र मनिष डाँगी जस्ता खेलाडीको उदाहरण दिँदै केही खेलाडीले आईएललगायत विदेशी लिगमा खेल्ने अवसर पाउनुपर्ने बताए ।

मुख्य प्रशिक्षक इगोर स्टिमाक पाकिस्तान विरुद्धको खेलमा रातो कार्ड पाएपछि नेपाल विरुद्ध कमान्ड सम्हालेका सहायक प्रशिक्षक महेश गवलीले जितबाट राहत महसुस गरे । ‘पहिलो हाफ ठीकै भयो । नेपालले राम्रो खेल्यो । दोस्रो हाफमा हामीले राम्रो खेल्यौं,’ उनले भने ।

यस्तै उनले लगातार ८ खेलमा गोल नखानु महत्वपूर्ण रहेको बताए । २०२२ नोभेम्बरमा भियतनामसँग हारेपछि भारत लगातार ८ खेलमा अपराजित छ । जसमा भारतले ७ खेल जित्दा एक खेल बराबरी गरेको छ ।

भारतले पाकिस्तानविरुद्धको खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । उनले भने, ‘लगातार खेलेकोले फ्रेस लेगलाई चान्स दिएको हो । केही खेलाडीले लगातार ४-५ खेल खेलेका थिए । त्यसैले अरुलाई अवसर दिएको हो ।’

भारतसँग ११ खेलमा जितविहीन

भारतसँग नेपालले पछिल्लो ११ खेलमा जित निकाल्न सकेको छैन । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको थियो । एक दशकयता नेपाले भारतलाई हराउन सकेको छैन । यसमा नेपालले भारतलाई तीन खेलमा बराबरीमा रोक्नु नै राम्रो नतिजा हो । बाँकी ८ खेलमा नेपाल पराजित भएको छ ।

यस्तै साफ च्याम्पियनसिपमा नेपालले भारतसँग ९ खेल खेल्दा आठौं खेलमा पराजित भएको छ । २०१३ पछि नेपालले भारतलाई साफ च्याम्पियनसिपमा पनि हराउन सकेको छैन ।

२०१५ को साफमा नेपाल भारतसँग समूह चरणमा ४-१ ले पराजित भएको थियो । २०२१ मा लिग चरणमा भारतसँग १-० ले पराजित भएको नेपाल फाइनलमा ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

नेपालले भारतलाई अहिलेसम्म उसैको मैदानमा हराउन सकेन । भारतमै आएर भारतलाई हराउने अवसर रहेपनि नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।



Khemraj wali

Post a Comment

0 Comments