New templates on your Email

काभ्रेको कात्तिके देउराली बजारमा चोरी

११ फागुन, काठमाडौं । काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ ।

चौरी देउराली गाउँपालिका-६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बजारका ६/७ पसलमा चोरी भएको पाइएको छ ।

चोरले पसलमा लगाइएका ताला रडको प्रयोगले फुटाएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको एसपी ढकालले बताए ।



Khemraj wali

Post a Comment

0 Comments