New templates on your Email

दक्षिण कोरियामा फेरि बढ्यो कोरोना संक्रमण

११ साउन, सियोल । दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल संख्या एक करोड ९४ लाख ४६ हजार ९४६ पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताए ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) अनुसार दैनिक सङ्क्रमण भार अघिल्लो दिन ९९ हजार ३२७ रहेकोमा यो सङ्ख्यामा वृद्धि भई एक लाख २८५ पुगेको छ ।

एक साताअघि यो सङ्ख्या ७६ हजारभन्दा बढी थियो । गत हप्ता पुष्टि गरिएका घटनाहरूको दैनिक औसत संख्या ७२ हजार ७३५ रहेको थियो ।

नयाँ सङ्क्रमितमध्ये विदेशबाट आएका ५३२ जनामा सङ्क्रमण देखिएको बताइएको छ। यहाँ गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनभन्दा नौ जना बढेको र कूल १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा थप २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । योसँगै यहाँ कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९३२ पुगेको छ भने अहिलेसम्म मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।



Khemraj wali

Post a Comment

0 Comments