New templates on your Email

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट १५ पुस्तक

१५ असार, काठमाडौं । पद्मरी पुरस्कारका लागि छनोट भएका उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक भएको छ ।

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १५ मा परेका पुस्तको सूची सार्वजनिक गरेको हो ।

डाक्टर नवराज लम्सालको अग्नि, ​​​ केशवराज ज्ञवालीको अर्को भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि,  राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल, दिलीप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, अलका आत्रेय, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखामा हिमाल​, उषा हमालको भिक्षुसँग प्रेम, ​डा.विप्लव ढकालको भोजपुरको वाङ्मय​, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको सङ्ग्राहलय र गिरीश गिरीको सत्यमोहन उत्कृष्ठ १५ मा परेका छन् ।

राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको निर्णायक मण्डलले पहिलो चरणमा उत्कृष्ट पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा यसै सूचीबाट उत्कृष्ट संक्षिप्त सूची छान्ने र त्यसपछि पुरस्कृत पुस्तक छनोट हुने प्रतिष्ठानले जनाएको छ ।



Khemraj wali

Post a Comment

0 Comments