New templates on your Email

हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

१३ चैत, काठमाडौं । दोलखाको शैलुङमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को शनिबार शिलान्यास गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शनिबार हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास गरेका हुन् ।

हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २०७६ साउनमा दोलखाको शैलुङ गाउँपालिकासँग जग्गा भोगचलन सम्बन्धी सम्झौता गरेको थियो । तेक्वान्दोको हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि शैलुङ गाउँपालिकाले पाँच रोपनी जग्गा उपलब्ध गराउने छ ।

शैलुङ गाउँपालिकाको कालापानीमा अवस्थित दुई हजार आठ सयदेखि तीन हजारको उचाइमा रहेको उक्त क्षेत्रमा ट्रेनिङ सेन्टर गरिन लागिएको हो । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङमा तेक्वान्दोको ट्रेनिङ सेन्टर निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएको बताए ।

२७ करोड रुपैयाँ लागत अनुमान गरिएको ट्रेनिङ सेन्टरका लागि सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ छुट्याएको छ । ट्रेनिङ सेन्टरको एक महिनाभित्र निर्माण सुरु गरिने बताइएको छ ।



Khemraj wali

Post a Comment

0 Comments