New templates on your Email

फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबारदेखि

१२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने जनाएको छ । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण सुरु गर्न लागेको हो ।

एन्फाका अनुसार टोलीले सुरुको ४ दिन काठमाडौंमा प्रशिक्षण गर्ने र त्यसपछिको प्रशिक्षण पोखरामा गर्नेछ ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरिसकेका छन् ।

किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । सेन्ट्रल र साउथ जोनअन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालको खेल अप्रिल १० देखि १२ सम्म रहेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपर – अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमित कुमार आले

फिक्सो-अरुज सिंह, बिजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ

पिभोट-अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ

एएलए-आदील हमाद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रञ्‍जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा



Khemraj wali

Post a Comment

0 Comments