१४ माघ, काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि इरान छनोट भएको छ । बिहीबार इराकलाई १–० गोलले हराउँदै इरान विश्वकपमा छनोट भएको हो । कतार विश्वकपका लागि छनोट हुने इरान एसियाको पहिलो देश हो ।
इरानलाई विश्वकपमा पुर्याउन मेहदी तारेमीले निर्णायक गोल गरे । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए । यो जितसँगै इरान एसियाली छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुन सफल भयो ।
यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन । तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए ।
इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ । ‘यो जितले इरानी जनतामा खुसीको लहर ल्यायो’ उनले भनेका छन् ।
यसैगरी बिहीबार भएको अर्को खेलमा लेबनानलाई दक्षिण कोरियाले १–० ले हराएको छ ।
Binod Ghimire
0 Comments