New templates on your Email

इजरायलले गोलन हाइट्सको जनसंख्या दोब्बर बनाउने

१२ पुस, काठमाडौं । इजरायलले गोलन हाइट्सको जनसंख्या दोब्बर बनाउने निर्णय गरेको छ ।

गोलन हाइट्सको किब्बुत्जमा बसेको इजरायलको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि प्रधानमन्त्री नेफ्टाली बेनेटले त्यहाँ दुई समुदायलाई स्थापित गर्ने बताएको बीबीसीले जनाएको छ । उनका अनुसार यो विकास योजनाका लागि ३ सय मिलियन डलरभन्दा बढी बजेट छुट्याइने छ ।

गोलन हाइट्सलाई इजरायलले सिरियाबाट ५० वर्ष अगाडि आफ्नो पक्षमा पारेको थियो । दुई वर्ष अगाडि अमेरिकाले त्यसलाई इजरायलकै भूभाग भनेर मान्यता दिएको थियो । विश्वका अधिकांश देशहरुले अझै पनि गोलन हाइट्सलाई इजरायलले कब्जा गरेको क्षेत्रको रुपमा मान्छन् ।



Binod Ghimire

Post a Comment

0 Comments