New templates on your Email

दुबई उड्यो ‘कमेडी च्याम्पियन’को टोली

१५ पुस, काठमाडौं । देशकै पहिलो कमेडी  रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन १’का विजेता हिमेश पन्त कोरोना महामारीका कारण स्टेज कार्यक्रममा खासै सहभागी हुन पाएनन् । उनी विजेता बनेकै समयमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि स्टेज कार्यक्रहरु आयोजना हुन सकेनन् ।

जसकारण हिमेशले आफ्नो प्रस्तुति दिन पाएका थिएनन् । यो रियालिटी शोको दोस्रो सिजन पनि सकिसकेको छ । दोस्रो सिजनको विजेता भरतमणि पौडेल हुन् ।

कोरोना संक्रमण घट्न थालेसँगै स्टेज कार्यक्रमहरु आयोजना हुन थालेपछि कमेडी च्याम्पियनका विजेता र अन्य प्रतिस्पर्धीहरु पनि स्टेजमा व्यस्त हुन थालेका छन् । ‘कमेडी च्याम्पियन’को दुई सिजनका विजेता र अन्य प्रतिस्पर्धीहरु यूएईको दुबईमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार दुबई प्रस्थान गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर डिसेम्बर ३१ मा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन उनीहरु दुबई उडेका हुन् ।

कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, सिजन १ का फस्ट रनरअप सुमन कोइराला र अर्का प्रतिस्पर्धी सुमन कार्की, सिजन २ का विजेता भरतमणि पौडेलसँगै फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापा दुबई उडेका हुन् ।

डिसेम्बर ३१ मा एस्टोरिया होटल बर दुबईको क्लब याक एण्ड यति एभरेष्टमा कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी विशेष अतिथिका रुपमा रहनेछन् । उनीहरुको साथमा गायक शिव हमाल र गायिकाद्वय समीक्षा अधिकारी र प्राश्ना पाण्डेको सांगीतिक प्रस्तुति समेत दर्शकले हेर्न पाउनेछन् ।

कान्तिपुर होलिडे डट कमको प्रस्तुतिमा ‘कमेडी च्याम्पियन इन दुबई’ कार्यक्रम आयोजना हुन लागेको हो ।



Khem Risal

Post a Comment

0 Comments