New templates on your Email

म्यानचेष्टर युनाइटेडको सहज जित

काठमाडौं । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले टोटनहम हट्सपरलाई ३-० ले पराजित गरेको छ ।

टोटनहमकै मैदानमा सहज जितपछि युनाइटेड अंङ्कतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले ३९औं मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै एडिनसन कभानीले ६४औं र मार्कुस रासफोर्डले ८६औं मिनेटमा गोल गरे ।

जितपछि १० खेलबाट १७ अंक जवड्दै युनाइटेड पाँचौ स्थानमा उक्लेको छ । टोटनहम १० खेलबाट १५ अंकसहित आठौं स्थानमा छ ।

समान खेलबाट २५ अंकसहित चेल्सी शीर्ष स्थानमा छ ।



Khemraj wali

Post a Comment

0 Comments