New templates on your Email

क्रिस्टल प्यालेससँग म्यानचेष्टर सिटी पराजित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी क्रिस्टल प्यासलेससँग स्तब्ध बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको २००औं खेलमा १० खेलाडीमा मसेटिएको सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो ।

सिटीको घरेलु मैदान एतिहास स्टेडियममा भएको खेलको छैटौं मिनेटमा विलफ्रड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा एमरेक लापोर्टे रातो कार्ड पाउ मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटियो ।

८८औं मिनेटमा कोनोर कालेघरले गोल गर्दै क्रिस्टल प्यालेसलाई २-० को जित दिलाए ।

जितपछि क्रिस्टल प्यालेस १० खेलबाट १२ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

पराजित सिटी १० खेलबाट २० अंकसहित तेस्रो स्थानमै यथावत छ ।



Khemraj wali

Post a Comment

0 Comments