New templates on your Email

रेसुङ्गा र मदाने क्षेत्रमा ३०० भन्दा धेरै प्रजातिका चरा

१३ असोज, तम्घास । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा तीन सय भन्दा बढी प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।

नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये रेसुङ्गा र मदाने क्षेत्रमा ३५ प्रतिशत चराहरु रहेको बताए ।

रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर पनि यी क्षेत्रमा पाइन्छ ।

रेसुङ्गा र मदाने क्षेत्रमा पाइने चराहरुको जानकारी समेटिएको पुस्तक जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सदरमुकाम तम्घासमा सार्वजनिक गरे ।

पुस्तक विमोचन कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बासस्थानमा परिवर्तन, विद्युतीकरण, चोरी शिकारी, डढेलो, बिजुलीका पोल, बढ्दो रासायनिक पदार्थको प्रयोग र दूरसञ्चार आवृत्ति चरा संरक्षणमा चुनौती रहेको बताए ।

पुस्तक विमोचन कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले पंक्षी संरक्षण संघ गुल्मीले चरा सम्बन्धी अध्ययन गरेपनि संरक्षणको आवश्यकता रहेको बताएका थिए ।



Binod Ghimire

Post a Comment

0 Comments