New templates on your Email

लगातार तेस्रो जितसहित टोटनहम शीर्ष स्थानमा

१४ भदौ, काठमाडौं । हेउन मिन सनको एक मात्र गोल मद्दतमा टोटनहम हट्सपरले प्रिमियर लिगमा आइतबार वाटफोर्डलाई १-० ले पराजित गरेको छ । यस सिजन लगातार तेस्रो जित हात पारेको टोटनहम शीर्ष स्थानमा उक्लिएको छ ।

अहिलेसम्म भएको खेलमा शतप्रतिशत जित हासिल गर्ने टोटनहम एक्लो टोलीसमेत हो ।

टोटनहमलाई घरेलु मैदानमा जित दिलाउन सनले खेलको ४२औं मिनेटमा गोल गरे ।

जितपछि टोटनहम ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । वाटफोर्ड ३ खेलबाट ३ अंकसहित १२औं स्थानमा छ ।

आइतबारै भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।



Khemraj wali

Post a Comment

0 Comments