New templates on your Email

गेटाफेविरुद्ध बार्सिलोना २-१ ले विजयी

१४ भदौ, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार गेटाफेलाई २-१ ले पराजित गरेको छ । यस सिजन बार्सिलोनाको यो दोस्रो जित हो ।

डच खेलाडी मेम्फिस डिपाएले उत्कृष्ट प्रदर्शन कायम राख्दै गोल गोल गर्दा बार्सिलोनाले जित हात पारेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको दोस्रो मिनेटमै सर्जि रोवर्टोले जोर्दी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर १८औं मिनेटमा सान्ड्रो रामिरेजले चार्ल्स एलेनाको पासमा गेटाफेका लागि बराबरी गोल फर्काए ।

३०औं मिनेटमा डिपाएले फ्रेन्की डे जोङको पासमा गोल गर्दै बार्सिलोनालाई पेरि अग्रता दिलाए । त्यसपछि थप गोल भएन ।

जितपछि तीन खेलबाट ७ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । रियल मड्रिड, सेभिया र भ्यालेन्सियाको पनि समान ७ अंक नै छ । तर गोल अन्तरमा रियल अघि छ ।



Khemraj wali

Post a Comment

0 Comments