New templates on your Email

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् ।

सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा खेल्दै आएको विराटनगर एक पटकको च्याम्पियन टिमसमेत हो ।

चौथो संस्करणको इपीएल टी-२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

लिगमा विराटनगरसहित ६ सहरका फ्रेन्चाइज ६ टिमले सहभागिता जनाउने छन् ।



Khemraj wali

Post a Comment

0 Comments