New templates on your Email

मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् ।

मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहीरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् ।

‘२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो । कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याउनु भएको योगदानको सधैं स्मरणीय रहीरहने विश्वास लिएको छु,’ प्रचण्डले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ ।

मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको मंगलबार अन्त्येष्टि गरिँदै छ ।

प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

विक्रम सम्वत् १९८९ मा जन्मिएका मानन्धर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनले २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।



Khemraj wali

Post a Comment

0 Comments