New templates on your Email

गोरखामा पनि माधव नेपाल पक्षको समानान्तर कमिटी

१७ चैत्र, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए ।

सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, ऽोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको बताइएको छ । पार्टीका केन्ऽीय सदस्य पिएल श्रेष्ठको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।

यसअघि अर्घाखाँचीमा पनि माधव पक्षले समानान्तर कमिटी गठन गरिसकेको छ ।



Khemraj wali

Post a Comment

0 Comments