New templates on your Email

घाँस काट्न गएका ७ जना वेपत्ता

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान वेपत्ता भएको प्रहरीले जनाएको छ ।

यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता सूचना आएको छ,’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भने, ‘हामी खोजी गरिरहेका छौं । अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन ।’
एकै पटक ७ जना वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।



Binod Ghimire

Post a Comment

0 Comments