New templates on your Email

प्रहरीको कोठाबाट एक किलो सुन जस्तो देखिने धातु बरामद

१६ साउन, काठमाडौं । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।

बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ ।

यो पनि पढ्नुस् 

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?



Gaurav Pokharel

Post a Comment

0 Comments