New templates on your Email

चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी

१८ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।

स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो निभाउने काम भैरहेको छ । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

आगलागी विद्युत सर्टका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ



Prem Lama

Post a Comment

0 Comments