New templates on your Email

लकडाउन उल्लंघन गर्ने ७४० जनालाई उभ्याइयो (तस्बिर सहित)

१७ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लगाएको लकडाउनको सातौं दिन सात सय ४० जनालाई प्रहरीले उभ्याएको छ । सोमबार बिहान बिना कारण सडकमा निस्किएपछि उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएर उभ्याइएको हो ।

आइतबारबाट लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टा सडकमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सोमबार काठमाडौंबाट पाँच सय ६० पुरुष र ९४ महिला गरी छ सय ५४ जना, ललितपुरबाट ५९ पुरुष र नाै महिला गरी ६८ जना र भक्तपुरबाट १८ जनालाई उभ्याइएको छ ।

यो अवधिमा उपत्यकाका विभिन्न क्षेत्रबाट ७९ वटा दुई पांग्रे सवारी र ५ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर



Binod Dhakal

Post a Comment

0 Comments