New templates on your Email

माओत्सेको निर्देशनमा ‘सपनाको देश’ निर्माणको घोषणा

१६ फागुन, काठमाडौं । नेपाली कथानक चलचित्र ‘सपनाको देश’ निर्माणको घोषणा भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच माओत्से गुरुङको निर्देशनमा चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको हो ।

चलचित्रमा गुरुङसहित गायक एवं नायक बाबु बोगटी, एन्सर्स गुरुङ, मिना गुरुङ, आइतराम गुरुङ, राजेन्द्र थापा लगायतको अभिनय रहनेछ । ड्रिम्स गेट फिल्मस् प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रको छायाँकन यो वर्षको दशैं आसपासबाट सुरु हुने चलचित्रकर्मी प्रितम गुरुङले बताए ।

निर्देशक गुरुङका अनुसार चलचित्रमा अधिकांश दृश्य अमेरिकामा छायाँकन हुनेछ हुनेछ । ‘करिब २५ प्रतिशत मात्रै यहाँ सुटिङ हुनेछ’, उनले भने, ‘सपनाको देशको रुपमा अमेरिकालाई लिएर निर्माण गरिएको चलचित्र भएकाले पनि अधिकांश दृश्य त्यहीँको हुनेछ ।’

उनका अनुसार अमेरिकामा पुगेपछि भाषा र त्यहाँको वातावरणको बारेमा सामान्य ज्ञान समेत नहुँदा पाइने दुःख र स्वदेश फर्किँदा व्यहोर्नु पर्ने आरोहअवरोहलाई फिल्मको कथावस्तु बनाइएको छ । उनका अनुसार फिल्मको निर्माता देव गुरुङ हुन् भने कथा एन्सर्स गुरुङले नै लेखेका छन् ।

गीत÷संगीत दावा शेर्पाको रहेको छ भने छायाँकार शम्भु मोक्तान हुन् । फिल्म निर्माणको अन्तिमसम्ममा करिब ८० लाख खर्च हुने चलचित्र निर्माण युनिटको अनुमान छ ।



Gaurav Pokharel

Post a Comment

0 Comments