New templates on your Email

‘सप्तरंग’का लागि दमक पुगे ७ सेलिब्रिटी

७ प्रदेशको विभिन्न शहरमा आयोजना हुन लागेको ‘सप्तरंग’ कार्यक्रमका लागि ७ जना कलाकार तथा खेलाडी आज दमक पुगेका छन् । भोलीबाट सुरु हुने कार्यक्रममा सहभागी हुनका लागि गायक, गायिका तथा खेलाडी दमक पुगेका छन् । दमकबाट सुरु हुने कार्यक्रम पोखरामा पुगेर सकिनेछ ।

ग्रिष्मा ब्रोडकाष्टिकको आयोजनामा हुन लागेको यो कार्यक्रमले सातै प्रदेशका जनतामाझ एकताको सन्देश दिने प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए । दमक उड्नु अघि विमानस्थलमा कुराकानी गर्दै कमेडियन सन्दिप क्षेत्रीले दर्शकलाई आफूले हसाँउने बताए । ‘प्रदेश अनुसार मेरो पहिरन र प्रस्तुति फरक हुनेछ, सन्दिपले भने ।

यता, गायिका इन्दिरा जोशीले पनि आफूले सफ्टदेखि हट पहिरनमा दर्शक तताउने बताइन् । उनले भनिन्–‘गीत त जहाँ गएपनि गाउने त उही नै हो । तर, यसपटक हामी एउटा उद्देश्य बोकेर जाँदैछौ ।’ गायक रामकृष्ण ढकालले दर्शकका लागि यो भिन्न स्वादको कार्यक्रम हुने प्रतिक्रिया दिए । उनले, सात प्रदेश सात हामी भन्ने नाराका साथ कार्यक्रममा सहभागी हुन लागेको सुनाए ।

गायक, गायिका, मोडलदेखि खेलाडी समेत एउटै मञ्चमा उभिने कार्यक्रमले एकताको सन्देश दिने उनको भनाई थियो । मोडल अन्जली अधिकारीलाई भने थोरै डर र धेरै उत्साह छ । किनकी, आफू भन्दा सिनियर कलाकारसँग पहिलो पटक स्टेज शेयर गर्न लागेकी अन्जली आफूले सक्दो राम्रो प्रस्तुती दिने बताउँछिन् ।

गायक प्रमोद खरेलले दर्शकका लागि फरक स्वादको कार्यक्रम हुने भएकाले पनि उपस्थिती राम्रो हुने अपेक्षा गरे । उनले प्रदेश अनुसार आफ्नो गीतको शैली फरक हुने बताए । गायक पशुपति शर्माले पनि यो कार्यक्रममा आफूले जुन स्थानमा जुन गीत हिट छ, त्यही नै गाउने सुनाए ।

उनले, जिन्दगी रमाइलो गरि बिताउनुपर्छ भन्दै सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरे । यो कार्यक्रममा दर्शकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यो कार्यक्रम दमक, जनकपुर, चितवन, वुटवल, धनगढी, सुर्खेत, पोखरामा आयोजना हुनेछ ।



Bijay Awaj

Post a Comment

0 Comments