New templates on your Email

नेपाललाई छैटौ सफलता, बसन्तले लिए दुई विकेट

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको छैटौ विकेट लिएको छ ।

यूएईका कप्तान मोहम्मद नाभिद एक रनमा आउट भए । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । यसअघि शैमन अन्वारले ५९ रन बनाएर आउट भएका थिए । उनको विकेट अभिनाश बोहोराले लिएका थिए ।

युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सोमपाल कामी र एक-एक विकेट लिएका छन् ।

१८ ओभरको समाप्तिमा यूएईको ६ विकेटको क्षतिमा १३८ रन भएको छ ।



onlinekhabar2

Post a Comment

0 Comments