New templates on your Email

नेपालको पाँचौ विकेट पतन, रोहित पनि आउट

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालको पाँचौ विकेट पतन भएको छ ।

नेपालका लागि रोहित कुमार पौडेल चार रनमा आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का २५ रनमा आउट भएका थिए । उनी आउट भएसँगै नेपाल दबाबमा आएको थियो ।

त्यस्तै, ज्ञानेन्द्र मल्ल आउट सात रन बनाएर आउट हुदा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भएका थिए । त्यस्तै, प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए ।

१० ओभरको समाप्तिमा नेपालको स्कोर पाँच विकेटको क्षतिमा ५७ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।

त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।



Binod Dhakal

Post a Comment

0 Comments