New templates on your Email

यूएईले नेपाललाई १५४ दियो रनको लक्ष्य

१७ माघ, काठमाडौं । पहिलो टी-२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बलमा ५९ रन बनाए । त्यस्तै मोहम्मद बुटाले २० रन बनाए । युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई-दुई विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान एक-एक विकेट लिए ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।



rajkumar

Post a Comment

0 Comments