New templates on your Email

टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ ।

१५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।

नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए ।



Binod Dhakal

Post a Comment

0 Comments