New templates on your Email

नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा पनि अवरुद्ध

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको छ ।

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले बैठक अवरुद्ध पारेको हो । राष्ट्रियसभामा बिहीबार चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।

सरकारले प्रतिनिधिसभाबाट पारित गरेको विधेयक राष्ट्रियसभामा पेश भइसकेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरे । उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरे ।

उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे ।



Binod Dhakal

Post a Comment

0 Comments